१९ जेष्ठ २०८३, मंगलबार | June 3, 2026

लोडसेडिङ अन्त्य भएको ७ वर्षपछि चितवनबाट लोडसेडिङ पुनः सुरु



चितवन । नेपाल विद्युत् प्राधिकरणले नेपालभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेको ७ वर्षपछि प्राधिकरणले चितवनबाट पुनः लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गरेको ७ वर्षपछि चितवनबाट लोडसेडिङ तालिका सार्वजनिक भएको हो ।

२०७३ सालको लक्ष्मीपूजाको दिनबाट प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यका र २०७५  वैशाख ३१ गतेदेखि नेपालका प्रमुख शहरमा लोडसेडिङ अन्त्य भएको घोषणा गरेका थिए ।

तत्कालिन कार्यकारी निर्देशक घिसिङले अव सधैंको लागि लोडसेडिङको अन्त्य भएको बताएपनि कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएको ३ महिना पुग्दा चितवनबाट लोडसेडिङको सुरुवात भएको छ । यद्देपी प्राधिकरणले यो तालिका केही दिनका लागि मात्र भनेको छ ।

विद्युत् प्राधिकरण चितवन वितरण केन्द्रले स्थानीय ग्राहकका लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणको चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको प्राधिकरण चितवले जनाएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी(माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । प्रकाशित तालिका अनुसार नारायणी-माडी फिडरहरूमा बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म विद्युत जानेछ भने मेघौली-विजयनगर–शुक्रनगर फिडरहरुमा बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म विद्युत सप्लाई हुने छैन । त्यसेगरि जगतपुर-रामपुर फिडरहरूमा दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म लोडसेडिङ गरिने छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १० : ४६ बजे

वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक

काठमाडौँ । पछिल्लो समयमा वित्तीय अपराधमा भएको बढोत्तरीले चुनौती थपेको

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाए

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले

तराईमा चल्ने ‘लु’ बारे काठमाडौंमा सम्वाद : जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक

काठमाडौँ । तराईमा अत्याधि गर्मीसँगै चल्ने तातो हावा ‘लु’ का

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ

बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन