२१ चैत्र २०८२, शनिबार | April 4, 2026

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ



वीरगञ्ज । खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर पानी तान्ने गरेको पाइएपछि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले उपभोक्ता समितिहरुलाई अनिवार्य रुपमा मिटर जडान गरेर विद्युत् प्रयोग गर्नका लागि अनरोध गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले खानेपानी र सिँचाइका लागि मिटरसहितको विद्युत्को लाइन जडान गरेर मात्रै डिपबोरिङ गर्नका लागि अनुरोध गरे ।

“उपभोक्ता समितिहरुले आवश्यक पर्ने कागजात लिएर आएको खण्डमा २४ घण्टाभित्रै डिपबोरिङ रहेको स्थानमा लाइनसहितको मिटर जडान गरिदिनेछौं । त्यसैले मिटर जडान नगरिकनै हुकिङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुहुन अनुरोध गरिन्छ”, उनले भने।

वितरण केन्द्रका प्रमुख दुबेले ओभर ट्रिपिङको कारणले विद्युत्मा ‘सर्टसर्किट’ र विद्युत् चुहावट दुवै नियन्त्रण गर्नका लागि खटिनुपर्ने अवस्था आएको बताए ।

वीरगञ्ज महानगर वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंहले विद्युत् प्राधिकरण पनि राज्यकै निकाय भएकाले अनिवार्य रुपमा मिटर जडान गरेर डिपबोरिङ सञ्चालन गर्नका लागि अनुरोध गरे। “पानी तान्ने डिपबोरिङका लागि आवश्यक पर्ने मिटर जडान गरेर सञ्चालन गर्नका लागि नगरवासीसँग अनुरोध गर्दछु”, उनले भने, “मिटर जडान गरेर विद्युत् प्रयोग गर्दा अन्य कुनै पनि खालका जोखिमबाट पनि बच्न सकिन्छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि विद्युत् चोरी तथा चुहावट गर्ने कार्यमा संलग्न हुनेलाई आवश्यक कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्साको खानेपानी तथा सिँचाइसम्बन्धी समन्वय र सहजीकरण समितिको आज बसेको बैठकले पनि चालु अवस्थामा रहेका डिपबोरिङमा विद्युत् व्यवस्थाका लागि स्थानीय वडाध्यक्ष÷जनप्रतिनिधिको समन्वयमा उपभोक्ता समिति गठन गर्ने र विद्युत् मिटर जडान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

खानेपानी र सिँचाइ विद्युत् आपूर्तिको लागि निवेदन प्राप्त भएको २४ घण्टाभित्र नेपाल विद्युत् प्राधिकरणले विद्युत् मिटर जडान गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका अध्यक्ष नीरञ्जन साह सोनारले जानकारी दिए ।

“हालसम्म खानेपानी संस्थानलगायत अन्य निकायबाट जडान भएको धारा तथा बोरिङको लगत सङ्कलन गर्ने”, उनले भने, “खानेपानी अभाव रहेको क्षेत्रको पहिचान गर्ने र आवश्यकता पहिचान भएको क्षेत्रमा पानी आपूर्तिको अवधारणापत्र तयार गर्ने पनि निर्णय गरेको छ ।”

समितिको बैठकले वास्तविक रुपमा खानेपानी अभाव भएका क्षेत्रको पहिचान गरी न्यूनतम पाँच हजार लिटर क्षमताका आवश्यक सङ्ख्यामा ट्याङ्की जडान गर्ने र सोको समन्वय युनिसेफ नेपाल र जिल्ला समन्वय समितिले वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा सात दिनभित्र जडान गर्ने निर्णय गरेको छ ।

त्यस्तै गरी खानेपानीको वैकल्पिक सुविधा नभएको ठाउँमा डिपबोरिङ जडान गर्नुपरेमा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा बोरिङ जडान गरी सोको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत गराउने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : १३ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल