१५ माघ २०८२, बिहिबार | January 29, 2026

बृहत्तर लुम्बिनी बिकास क्षेत्रलाई बिश्वकै शान्ति शहर बनाउने सरकारको तयारी : पर्यटन मन्त्री भट्टराई



लुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनी बिकास क्षेत्रलाई बिश्वकै नमूना शान्ति शहर बनाउन सरकारले तयारी गरेको बताएका छन ।

बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण गत चैत्र ११ देखि बन्द रहेका लुम्बिनीका बिभिन्न बौद्धबिहारहरुको पहिलो पटक अवलोकन गर्दै मन्त्री भट्टराईले लुम्बिनीलाई संसारभरिकै शान्तिप्रिय नागरिकहरुको आस्था केन्द्रको रुपमा बिकास गर्ने गरि सरकारले तयारी गरिरहेको जानकारी दिए ।

एक अर्को प्रसंगमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी बिकास कोषको गुरु योजना अन्तर्गतको बाँकी रहेको ३५ प्रतिशत गुरुयोजना साढे २ वर्षमा सम्पन्न हुने दाबी गरे ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी) ले लकडाउनको अवधीमा पनि सामाजिक दूरीको पालना गर्दै अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र ,मायादेबी मन्दिर जाने ५ नं. गेटको मूल ब्रेकलेन निर्माण कार्य अन्तिम चरणमा पुगेको लुम्बिनी बिकास कोषको अध्यक्ष समेत रहेका मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

पर्यटनमन्त्री भट्टराईले मायादेबी मन्दिर, रोयलथाई बिहार तथा अन्र्तराष्ट्रिय सम्मेलनकेन्द्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ९ : ४६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण