१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा सुरु



भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । भैरहवाको रमादा होटलमा अहिले जारी बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी छन ।

संसद्को चालु अधिवेशनको समीक्षा, ‘कुलिङ अफ पिरियड’, संवैधानिक निकायको कामकारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्तापक्षले सुनुवाइ नगरेकोलगायत बहुआयामिक पक्षमा छलफल गर्नेछौँ”, उनले भने ।

सञ्चारकर्मीसँगको कुराकानीमा परियारले संसद्जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायिकामा पनि कार्यपालिकासहित पार्टीको हस्तक्षेपका विषयमा छलफल गरिने उल्लेख गरे । उनले भने, “संसद्मा निजामती सङ्घीय विधेयकमाथिको ‘कुलिङ अफ पिरियड’ का बारेमा पनि छलफल गर्नेछौँ ।”

रास्वपाले गरिरहेको हस्ताक्षर अभियानमा केन्द्रीय नेता तथा सांसदहरू भैरहवा आएको जनाउँदै परियारले लुम्बिनीमा पार्टीको समग्र संरचना निर्माण गर्ने, रुपन्देही ३ मा हुने उपनिर्वाचनलगायत समयसापेक्ष विषयमा छलफल हुने बताए ।

उनका अनुसार बैठकमा विशेषगरी बजेट अधिवेशनमा पार्टीको भूमिका, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुनेछ । यसअघि रास्वपाले संसदीय दलको बैठक काठमाडौं बाहिर गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : २९ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच