२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा सुरु



भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । भैरहवाको रमादा होटलमा अहिले जारी बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी छन ।

संसद्को चालु अधिवेशनको समीक्षा, ‘कुलिङ अफ पिरियड’, संवैधानिक निकायको कामकारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्तापक्षले सुनुवाइ नगरेकोलगायत बहुआयामिक पक्षमा छलफल गर्नेछौँ”, उनले भने ।

सञ्चारकर्मीसँगको कुराकानीमा परियारले संसद्जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायिकामा पनि कार्यपालिकासहित पार्टीको हस्तक्षेपका विषयमा छलफल गरिने उल्लेख गरे । उनले भने, “संसद्मा निजामती सङ्घीय विधेयकमाथिको ‘कुलिङ अफ पिरियड’ का बारेमा पनि छलफल गर्नेछौँ ।”

रास्वपाले गरिरहेको हस्ताक्षर अभियानमा केन्द्रीय नेता तथा सांसदहरू भैरहवा आएको जनाउँदै परियारले लुम्बिनीमा पार्टीको समग्र संरचना निर्माण गर्ने, रुपन्देही ३ मा हुने उपनिर्वाचनलगायत समयसापेक्ष विषयमा छलफल हुने बताए ।

उनका अनुसार बैठकमा विशेषगरी बजेट अधिवेशनमा पार्टीको भूमिका, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुनेछ । यसअघि रास्वपाले संसदीय दलको बैठक काठमाडौं बाहिर गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : २९ बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई