हेटौंडा । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बानियाँले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी कुल ६४ सांसदहरूको समर्थनसहित हिजो सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सदस्यहरूको समर्थन आवश्यक पर्छ।
बानियाँ बागमती प्रदेशमा छैठौं मुख्यमन्त्री बनेका छन् । यसअघि कांग्रेसकै बहादुर सिंह लामालाई दलको नेतामा पराजित गरेर बानियाँले मुख्यमन्त्रीको पासा पल्टाएका हुन् ।


















प्रतिक्रिया