१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु



सप्तरी। सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गोली लागेर अन्दाजी ३६ वर्षीय स्थानीय लालु यादवको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको ‌मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करहरूले सिमापार तस्कर गरिरहेको भन्ने सुचनाको आधारमा गस्तीमा जाँदा स्थानीयहरूले ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर यादवको मृत्यु भएको हो ।

बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् ।

सो झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा