१६ असार २०८३, मंगलबार | June 30, 2026

रूपन्देही-३ उपनिर्वाचनमा जनमतको छुट्टै उम्मेदवार हुन्छ : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीले छुट्टै उम्मेदवार प्रस्तुत गर्ने बताएका छन्।

राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै जनमत पार्टीले आफ्नो उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतार्ने जानकारी गराएका हुन्।

संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारीमा रहेका बेला जनमत पार्टीले भने स्वतन्त्र रुपमा उम्मेदवार तय गर्ने घोषणा गरेको हो।

राउतले भनेका छन्, ‘भ्रममा नपरौं: जनमत पार्टीले मेचीदेखि महाकालीसम्म ३आफ्नै ३उम्मेदबार उठाउने रणनीति अन्तर्गत रुपन्देही-३ मा पनि आफ्नै उम्मेदबार उठाउनेछ। यसअगाडिको निर्वाचनमा अरू पार्टीहरू काँग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लडदै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन।’

उनले जनमत पार्टी संविधान संशोधन, अधिकार र पहिचानका पक्षमा संघर्षरत संघीय लोकतान्त्रिक मोर्चासँग सैद्धान्तिक रूपमा उभिएको भए पनि उपनिर्वाचनमा भने पार्टीले आफ्नै उम्मेदवार उठाउने निर्णय लिएको प्रष्ट पारेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १० : ५९ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज