२७ बैशाख २०८३, आइतबार | May 10, 2026

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्वीप



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई नेकपा एमालेले ह्वीप जारी गरेको छ।

एमाले बागमती प्रदेश संसदीय दलले बानियाँले लिन लागेको विश्वासको मतको समयमा प्रदेशसभामा अनिवार्य उपस्थित हुन र मत दिन ह्वीप जारी गरेको हो । एमाले बागमती सरकारको मुख्य साझेदार हो ।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण बहादुरसिंह लामालाई विस्थापित गरेर हालै साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० अनुसार बानियाँले विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्।

बानियाँको दल कांग्रेसले यसअघि नै आफ्ना सबै सांसदहरुलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ । यद्यपी, पूर्वमुख्यमन्त्री लामा पक्षले भने यसअघि भएको सहमति बानियाँले लत्याएको भन्दै सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेर आफ्ना माग राख्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : १६ बजे

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली