१० पुस २०८२, बिहिबार | December 25, 2025

वेपत्ता छोरा विपिनको खोजीमा छोरीसँगै आमा पद्मा जोशी इजरायल प्रस्थान



काठमाडौं । “बाबु फर्कन्छ भन्ने आशा मरेको छैन”, यही विश्वासको सहारामा विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायलतर्फ उडे। प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि बेपत्ता रहेका विपिनको खोजीमा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन उनीहरू यात्रा थालेका हुन्।

नेपालस्थित इजरायली दूतावासको पहलमा उनीहरू फ्लाई दुबईको विमानमार्फत इजरायल प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बास स्वयं उपस्थित भई आमा-छोरीलाई बिदाइ गरे।

इजरायलले विपिनको परिवारलाई संयुक्त राष्ट्र संघसम्म पुर्‍याई अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने तयारी गरेको छ। विमानस्थलमा बिदाइको क्षण निकै भावुक बनेको थियो। छोराको तस्बिर मनमा बोकेर आमा विमानस्थल प्रवेश गर्दा आँसु थाम्न सकिनन् । बहिनीको अनुहारमा पनि पीडाले गहिरो रेखा कोरेको देखिन्थ्यो।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। हमासद्वारा कब्जा गरिएका धेरै बन्दीहरू यसअघि नै रिहा भए पनि विपिनको अवस्था अझै अज्ञात छ। परिवारका लागि हरेक दिन प्रतीक्षाको पीडादायी घडी बनेको छ।

 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३२ बजे

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो