२० मंसिर २०८२, शनिबार | December 7, 2025

विद्या भण्डारी : “म अझै एमालेकी सदस्य र कार्यकर्ता नै छु”



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन् । विराटनगरस्थित उद्घोष दैनिक को वार्षिकोत्सवमा सहभागी हुन पुगेकी उनले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू अझै पनि नेकपा (एमाले) की संगठित सदस्य तथा कार्यकर्ता रहेको स्पष्ट पारिन् ।

भण्डारीले पार्टीसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गर्दै नेकपा (एमाले) को नीति तथा कार्यक्रमअनुसारै अघि बढ्ने बताइन् । उनले राष्ट्रपतिको पदमा निर्वाचित हुँदा पनि एमालेकै निर्णयबाट गएको र कार्यकाल सकिएपछि पुनः पुरानो राजनीतिक जीवनमा फर्किएको प्रस्ट पारिन् ।

“राजतन्त्र र गणतन्त्र फरक कुरा हुन् । गणतन्त्रमा पद आवधिक हुन्छ, कार्यकाल सकिएपछि जुनसुकै नागरिकले आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्छ,” उनले भनिन् ।

पार्टी सदस्यता नवीकरण खारेज गरिएकोबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई त्यसबारे औपचारिक जानकारी नपुगेको दाबी गरिन्। “सबै सदस्यलाई सबै कुरा थाहा हुँदैन, कमिटीमा बस्नेहरूलाई थाहा होला । म अहिले केन्द्रीय समितिमा छैन, त्यसैले पार्टीको औपचारिक निर्णयबारे जानकारी छैन,” भण्डारीले भनिन् ।

गत साउन १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् । त्यसयता उनले पार्टी नेतृत्वमा केपी शर्मा ओलीले निरन्तरता दिन नसक्ने भन्दै आगामी दिनमा अध्यक्ष पदको दाबी गर्ने संकेत पनि गरेकी थिइन् । तर त्यसपछिको केन्द्रीय समिति बैठकले उनको नवीकरण भइसकेको सदस्यता नै खारेज गर्ने निर्णय गरेको थियो ।

एमालेले गरेको सो निर्णयका बाबजुद भण्डारीले आफ्नो अभियान रोकिएको छैन भन्ने अठोट दोहोर्‍याइन्। उनले पार्टी विधान र प्रक्रिया अनुसार सदस्यता नवीकरण गरिसकेको दाबीसमेत गर्दै आफूलाई आलोचना र आरोपबाट विचलित नहुने बताइन् ।

“माथि गुट चलाएको भन्ने आरोप लगाइन्छ, तर म त्यस्ता आरोपबाट मुक्त छैन भन्ने स्वीकार्छु । तर पार्टीको हितका लागि काम गर्ने मेरो संकल्प अटल छ,” भण्डारीले भनिन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  २ : ४४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल