२२ माघ २०८२, बिहिबार | February 6, 2026

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको अवस्थामा प्रचण्डले विपक्षी दलसँग छलफलका लागि बैठक आह्वान गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् । त्यस्तै, राप्रपाका नेता बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर, नेसपाका महिन्द्र राय यादव तथा आजपाका अध्यक्ष प्रभु साह बैठकमा उपस्थित छन् ।

प्रतिपक्षमा रहेका नाउपा र जसपा नेपाल भने सत्तापक्षको छलफलमा सहभागी भएका छन् । यसअघि कांग्रेस र एमालेका सांसदहरूले उपसभामुख रानालाई पदबाट हटाउनका लागि हस्ताक्षर गरिसकेका छन् । हाल उपसभामुख इन्दिरा राना अमेरिकामा छन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ४ : ०२ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद