८ बैशाख २०८१, शनिबार | April 20, 2024

पैचोको नयाँ शाखा गुल्मीको खैरेनीमा, सत्यवतीका उच्चपहाडी कृषि उपजको बजारीकरण गर्ने पैचोको तयारी



गुल्मी । कृषिलाई मुख्य आधार मानेर सञ्चालमा रहेको पैचो पसलले गुल्मीको सत्यवती–६ खैरेनीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने र किसानहरुलाई सर्वसुलभ रुपमा दैनिक आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ खैरेनीमा नयाँ शाखा विस्तार गरिएको पैचो पसलले जनाएको छ ।

खैरेनीमा शाखा खुलेसँगै सत्यवतीका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु लामो दुरी पार गर्दै गुल्मीकै बलेटक्सार पु-याउनु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय किसानहरुले बताएका छन् ।

यसअघि सत्यवती गाँउपालिकाअन्तर्गत ठूलो लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनिया र भार्सेका किसानहरुले लामो दुरी पार गर्दै पैचो पसलको बलेटक्सार शाखासम्म कृषि उत्पादन पु–याउँदै आएका थिए ।

स्थानीय किसानहरुको मागलाई सम्बोधन गर्दै सत्यवतीमा शाखा विस्तार गरिएको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार पैचोले खैरेनीको शाखाबाट किसानहरुको सबै कृषि उपजहरु खरिद गर्नुका साथै किसान तथा स्थानीय उपभोक्तालाई आवश्यक सामाग्री बिक्रि समेत गर्ने छ ।

पैचोको नयाँ शाखाको सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले रिबन काटेर उदघाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उपयुक्त बजार नपाएर समस्यामा परेका सत्यवतीका किसानहरुलाई पैचोको उपस्थितीले सहज बनाएको बताए ।

ढकालले किसान र उपभोक्तालाई सुलभ र उपयुक्त मुल्यमा सामान उपलब्ध गराउन तथा किसानहरुको उत्पादनलाई राम्रो मुल्य दिन पैचोलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कृषिलाई मुख्य आधार बनाएर खुलेको पैचोले नेपालमा नयाँ आयाम थपेको बताए । प्रबन्ध निर्देशक न्यौपानेले पैचो व्यवसाय मात्र नभएर कृषकको जीवनस्तर उकास्ने एउटा मोडेल बन्न सफल भएको बताए ।

न्यौपानेले पैचोले स्थानीय तहसँग सहकार्य गर्दै गुल्मी लगायत नेपालका पहाडी भेगका कृषकहरुलाई सम्पन्न बनाउने अभियानमा लागेको स्पष्ट पारे ।

स्थानीय अगुवा कृषक अर्जुन कनौजेले पैचोले गुल्मीका धेरै किसानहरुको जीवनस्तर माथि उठाएको बताए । कनौजेले कृषि उपज बजार सम्म पु-याउँदा लाग्ने खर्चको तुलनामा पैचोले दिएको मुल्य उच्च भएको बताउँदै खेर गईरहेको कृषि उपजलाई सहज बजारको पहुँच दिने पैचोलाई सबैले सघाउनुपर्ने बताए ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सुवर्ण शेरचन शाही, बलेटक्सार उद्योग वाणिज्य संघका अध्यक्ष तोयनारायण ज्ञवाली लगायतले पैचोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सामाजिक भौतिक दुरी कायम गर्दै सञ्चालन भएको उदघाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायिक अगुवा, सुरक्षा निकायमा स्थानीय प्रमुख तथा पैचोमा आवद्ध स्थानीय लगानीकर्ता र सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

पैचोले पहाडी कृषि उत्पादनको बजारीकण विस्तार गर्न भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम र बुटवलको होराईजन चोकमा तरकारी मार्ट विस्तार गरिसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : ११ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन