१६ बैशाख २०८१, आइतबार | April 29, 2024

पैचोका उत्पादन अमेरिकामा उपलब्ध, फेन्सी हाउस इन्कसँग पैचोले गर्‍यो सहकार्यको सम्झौता



काठमाडौं । ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ पहाडी र उच्चपहाडी ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रालीद्वारा उत्पादित ‘पैचो उत्पादन’हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।

पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो । पैचोका उत्पादन अमेरिका पुर्‍याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्क (Fancy House Inc) ले एक्सपोर्ट फर्म नेपाल  (Export From Nepal) र अग्नि एक्जिम प्राली (Agni Exim Pvt Ltd) मार्फत सहकार्य गरेको छ ।

अमेरिकामा सामान पुर्याउनका लागि फेन्सी हाउस इन्कसँग आज पैचोले सहकार्यको सम्झौता गरेको छ । काठमाडौंको इन्द्रेणी स्वीट होटलमा आयोजित कार्यक्रममा पैचोको तर्फबाट बजार व्यवस्थाप लक्ष्मण गैरे र फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले हस्ताक्षर गरेका छन् । त्यसक्रममा एक्सपोर्ट फर्म नेपालका निर्देशक राज सर्राफ र अग्नि एक्जिमको तर्फबाट निकेश भट्टराईको पनि उपस्थित रहेको थियो ।

पैँचो पसल प्रालीका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दै गएको अवस्थामा विदेशमा बसोबास गर्ने नेपाली समुदायमा समेत पुगेको छन् । पैचोका उत्पादन यसअघि पनि जापान, अस्ट्रेलिया र यूरोपका विभिन्न देशमा पुगिसकेका छन् ।

लामो समय विदेशमा बसेपनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गर्न पाउँदा पैचो पसल प्राली आफुलाई गौरावान्वित महशुस भएको जनाएको छ । अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धती (IPM) बाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैचो पसल प्रालीका बजार ब्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए ।

गैरेले भने, ‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन् । नेपाल आएपछि विदेशमा फकिँदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगे पनि लामो समय विदेशमा बस्दा स्वेदशी खाद्यवस्तुको अभावको महशुस भैरहेको हुन्छ । त्यसैले पैचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभरी छरिएर रहनुभएका नेपाली माझ पुर्‍याउने योजनामा अगाडि बढाइरहको छ ।’

नेपालमा धेरैजसो खाद्यपदार्थ विदेशबाटै आयात हुनेगरेको छ । तर नेपालको स्वाद विदेशबाट आउने कुनै पनि वस्तुमा पाउन सकिँदैन । त्यसो त, कृषकले आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने वस्तुको आयात निरन्तर बढ्दा व्यापार घाटा बढिरहेको छ । जसका कारण देशको अर्थतन्त्रलाई समेत नकारात्मक असर परिरहेको छ । तर, गुल्मीबाट सुरु भएको पैचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दैआएको छ । जसका कारण ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भएपनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैचोको उत्पादनले भूमिका खेलेको देखिन्छ । यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरुलाई पैचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । यसअर्थमा, पैचोद्वारा प्रशोधित उत्पादन विदेशमा निर्यात हुँदा त्यसको स्वामित्व ति गाउँले किसान परिवारसम्म पुग्छ भन्नेमा पैचो पसल विश्वस्त रहेको छ ।

पैचोका उत्पादन गुणस्तरीय र नेपाली स्वादमा समेत अब्बल रहेको पैचो पसलले दाबी गरेको छ । हालै मात्र पैचोका उत्पादनले अन्तराष्ट्रिय गुणस्तर मान्यता प्रमाणपत्र (आइएसओ २२००ः२०१८), (आइएसओ ९००१ः२०१५०), डब्लुएचओ–जीएमपी (WHO-GMP) र एचएसीसीपी (HSCCP) प्राप्त गरेको छ ।

अमेरिकामा किन ?
बजार व्यवस्थापन गैरेले भने, ‘’नेपालमा बनेको उत्पादनलाई विश्व बजारमा पुर्याउनु पनि नेपालीको लागि गौरबको कुरा हो । त्यसमाथि नेपाली उत्पादनप्रतिको विश्वासकै कारण हामीले विगतदेखि नै जापान, अष्ट्रेलिया र यूरोपका धेरै देशमा पैचोका उत्पादन पुर्याउँदै आएका छौं । अमेरिका बस्ने नेपाली समुदायले नेपाल चिनाउने र नेपालमै उत्पादन भएको पैचो उत्पादनको निरन्तर माग बढेपछि हामी अमेरिकी बजारमा प्रवेश गरेका हौं । नेपाली बजारमा पैचो स्थापित भैसकको अवस्थामा विदेशमा रहेका नेपालीले पनि विभिन्न माध्यमद्वारा पैचोको उत्पादनको उपभोग र बिक्रिवितरणमा निरन्तर चासो देखाइरहनुभएको छ । त्यसैले ‘बसेपनि सहर गाँउकै खाने रहरको’ हाम्रो मूल मन्त्रलाई सार्थक दिन समेत अमेरिकाको यात्रा तय गरेका हौं । अमेरिका बसेपनि नेपाली पहाडी गाउँको खाद्य उत्पादन खान पाउँदा त्यहाँका उपभोक्ता खुशी हुने हामीले विश्वास गरेका छौं ।’

पैचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, स्याङ्जा रुकुम, रोल्पा, कालीकोट, जुम्लासम्मका दशौं हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रुपमा आबद्ध हुनुभएको छ । पैचो पसल प्रालीले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो (च्याख्ला), लगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

फेन्सी हाउस इन्कसँग सहकार्य
अमेरिकाको न्यूयोर्कमा रहेको फेन्सी हाउस इन्क ९ँबलअथ ज्यगकभ क्ष्लअ०ले अग्नि एक्जिम प्राली ९ब्नलष् भ्हष्m एखत ीतम०मार्फत नेपालमा उत्पादित खाद्यवस्तुलाई आयात गरेर त्यहाँबाट एक्पोर्ट फर्म नेपाल आईएनसी ९भ्हउयचत ाचयm ल्भउब िक्ष्लअ० मार्फत अमेरिकाभर वितरण गरिरहेको छ । यी तीनवटै संस्थाको सहकार्यमा कन्टेनरमार्फत पुग्ने विभिन्न नेपाली उत्पादनहरु अमेरिकाका विभिन्न राज्यमा उपलब्ध भैरहेका छन् । यसैक्रममा, पैचोका उत्पादनहरु पनि अग्नि एक्जिममार्फत फेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्स्र्पोट फर्म नेपालमार्फत सबै राज्यमा बिक्री सुरु गरेको हो ।

फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले भने, ‘नेपालबाट हामीले सुरुवाती व्यापार प्रर्वधनका लागि पैचोका केही उत्पादन अमेरिकमा लगेका थियौं । अमेरिकामा यी उत्पादनलाई अत्यधिक रुचाइयो । त्यसपछि हामीले नियमित रुपमा पैचो ब्राण्डलाई अमेरिका लैजाने गरी सहकार्य गरेका छौं । हामीलाई विश्वास छ पेचोसँगको सहकार्यले नेपालको पहाडी क्षेत्रका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुबाट उत्पादित सामान नियमित रुपमा अमेरिकी बजारमा पुर्याउन सफल हुनेछौं ।’

यस्तै एक्स्पोर्ट फर्म नेपालका निर्देशक राज सर्राफले भने, ‘हामीले नेपाली सामानलाई विश्वका विभिन्न देशमा लग्दै आएका छौं । पैचोका उत्पादन नेपाली उपभोक्ताले रुचाएका कारण अहिले अमेरिकामा बिक्रि प्रवद्र्धन सुर गरेका छौं । भोलिको दिनमा पैचोसँगको सहकार्य बढ्दै जाँदा अन्य देशमा पनि हामी पुर्याउन तयार छौं ।’

अग्नि एक्जिमका निर्देशक निकेश भट्टराईले पैचोका उत्पादन अमेरिका निर्यात गर्न आफुहरुले पाएकोमा खुशी व्यक्त गरे । भट्टराईले भने, ‘हामीले केही अघिदेखि केही सामान लगेका थियौं । पैचो र हामीहरुबीचको सहकार्यमा अब ठूलो भोल्युममा पैचोका उत्पादन हामीले लैजाने छौं ।’

 

 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ५५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क