२५ श्रावण २०८३, सोमबार | August 10, 2026

रक्तदान र जेष्ठ नागरिकलाई सामुहिक भोजन खुवाएर मनायो पैचो पसलले वार्षिकोत्सव



बुटवल । स्वदेशी कृषि उत्पादनलाई कच्चा पदार्थ बनाउँदै बिभिन्न खाद्य उत्पादन गर्दै आएको पैचो पसल प्रालीले बिबिध कार्यक्रम गर्दै आफ्नो सातौं साधारणसभा मनाएको छ । बुटवलमा रक्तदान गरिनुका साथै जेष्ठनागरिकसँग सामुहिक भोजन गराउँदै पैचो पसलले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

विगतका वर्षहरुमा किसानकै घर आँगनमा बिशेष समारोह गर्दै वार्षिकउत्सव गर्ने गरेको पैचोले विगत २ वर्ष देखि चलेको कोरोना माहामारीका कारण विशेष समारोह सहित वार्षिकउत्सवको आयोजना नगरिएको जनाएको छ । कोरोना महामारीका कारण अघिल्लो र यस वर्ष विशेष कार्यक्रम राखेर वार्षिकोत्सव गर्न नसकिएको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

पैचोको बुटवल शाखामा आज गरिएको रक्तदान कार्यक्रममा पैचो र होटल पौवामा आवद्ध कर्मचारीहरु सहित ३३ जनाले रक्तदान गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा पैचाेका प्रबन्ध निर्देशक ध्रुव न्याैपाने, संचालक राजन पाैडेल, पदम बन्जाडे लगायतले रक्तदान गरेका थिए ।

वार्षिकउत्सवका अवसरमा संस्थाको कर्पोरेट कार्यालयले रक्तदानको आयोजना गर्नुका साथै पैचोको होराईजन शाखाले पारि बुटवल स्थित बृद्धाश्रममा जेष्ठ नागरिकहरुलाई भोजन गराएको पैचो पसल होरोइजन शाखाकी शाखा प्रवन्धक सम्झना श्रेष्ठले बताइन् ।

पैचोले ग्रामीण किसानहरुले उत्पादन गरेको कृषि उत्पादन र उपजहरुको बजारिकरण गर्नुका साथै त्यस्ता कृषि उत्पादनहरुलाई प्रशोधन गर्दै बिभिन्न खाद्य उत्पादन समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ५ : ४१ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता