११ असार २०८३, बिहिबार | June 26, 2026

एघार हजार नौ सय १६ पिन्ट रक्त सङ्कलन



काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त सङ्कलन गरेको छ । यही भदौ ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममार्फत उक्त परिमाणमा रक्त सङ्कलन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त सङ्कलन गरिएको केन्द्रले जनाएको छ । केन्द्रले नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख पिन्ट रक्त सङ्कलन गर्ने लक्ष्य लिएको थियो । नेपालको काठमाडौँ, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्जमा रक्त सङ्कलन गरिएको हो ।

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रक्त सङ्कलन भएको थियो । सो परिमाणमा रक्त सङ्कलन हुनु नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : ४७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा