२७ भदौ २०८३, शनिबार | September 12, 2026

गृहमन्त्री लेखकलाई राजीनामा दिन कांग्रेसकै नेता कार्यकर्ताको दबाब



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकले तुरुन्तै राजीनामा दिनुपर्ने र नदिए पार्टीले तत्काल फिर्ता बोलाउनु पर्ने बताएका छन् । पोखरेलले भने, “युवाहरूको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।”

कांग्रेसका अन्य नेता कार्यकर्ताहरूले पनि गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी ठहराउँदै प्रधानमन्त्रीलाई तानाशाहीको संज्ञा दिइन् र कांग्रेस सरकारबाट बाहिरिनुपर्ने विचार राखिन् ।

अर्का नेता व्रितान्त खनालले पनि सरकारबाट कांग्रेस तुरुन्त फिर्ता हुनुपर्ने माग राखेका छन् । नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई “अपराधी” भनेका छन् । शाहीले भने, “यो अपराधी सरकारको साक्षी बस्नेहरू अपराधीबाहेक केही हुन सक्दैनन् । हाम्रा बच्चालाई यसरी मार्ने अपराधीलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन । यो आन्दोलन अब हाम्रा बच्चाहरूको मात्र होइन, हाम्रो पनि हो । पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौं ।”

कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आगामी दिनहरूमा पनि आन्दोलनलाई निरन्तरता दिने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ५ : ५२ बजे

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको