१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गृहमन्त्री लेखकलाई राजीनामा दिन कांग्रेसकै नेता कार्यकर्ताको दबाब



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकले तुरुन्तै राजीनामा दिनुपर्ने र नदिए पार्टीले तत्काल फिर्ता बोलाउनु पर्ने बताएका छन् । पोखरेलले भने, “युवाहरूको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।”

कांग्रेसका अन्य नेता कार्यकर्ताहरूले पनि गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी ठहराउँदै प्रधानमन्त्रीलाई तानाशाहीको संज्ञा दिइन् र कांग्रेस सरकारबाट बाहिरिनुपर्ने विचार राखिन् ।

अर्का नेता व्रितान्त खनालले पनि सरकारबाट कांग्रेस तुरुन्त फिर्ता हुनुपर्ने माग राखेका छन् । नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई “अपराधी” भनेका छन् । शाहीले भने, “यो अपराधी सरकारको साक्षी बस्नेहरू अपराधीबाहेक केही हुन सक्दैनन् । हाम्रा बच्चालाई यसरी मार्ने अपराधीलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन । यो आन्दोलन अब हाम्रा बच्चाहरूको मात्र होइन, हाम्रो पनि हो । पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौं ।”

कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आगामी दिनहरूमा पनि आन्दोलनलाई निरन्तरता दिने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ५ : ५२ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद