२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

‘नैतिकता जागेपछि’ गृहमन्त्री रमेश लेखकले राजीनामा दिँदै



काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने भएका छन्।

सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा लेखकले अब आफू पदमा नबस्ने बताएका हुन् ।

बैठकमा उनले सोमबारको प्रदर्शनमा ठूलो जनधनको क्षति भएपछि उनले नैतिक जिम्मेवारी लिने बताएका थिए।

‘आजको प्रदर्शनमा गम्भीर मानवीय क्षति भएको छ। यसको नैतिक जिम्मेवारी मैले लिनैपर्छ। त्यसैले म पदमा रहन्नँ,’ लेखकको भनाइ उद्धृत गर्दै पदाधिकारीले जानकारी दिए।

यसअघि बैठकमा सहभागी नेताहरूले घटनाप्रति जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राखेका थिए।

बैठकमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आजैबाट सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउन भनेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ०२ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ