१६ माघ २०८२, शुक्रबार | January 30, 2026

अब देशलाई संसदभित्रबाट होइन आन्दोलनरत जनताको बिचबाट नेतृत्व दिन सोच्नुपर्दछ : विप्लव



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । उनले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका हुन् ।

मंगलबार विप्लवले भिडियो सन्देश जारी गर्दै आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् ।

जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्‍याएको उनको भनाई छ । दुई दशकको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता, दलालीले यो परिणाम ल्याउन अनिवार्य रहेको उल्लेख गर्दै विप्लवले भ्रष्ट नेता, दल, सरकारले सजाय भोग्नै पर्ने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक सम्वादमा भाग लिनोस् । अब देशलाई संसदभित्रबाट होइन आन्दोलनरत जनताको बिचबाट नेतृत्व दिन सोच्नुपर्दछ । यो काम पनि नयाँ पुस्ताबाट नै गर्ने हो ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ६ : ४७ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र