५ माघ २०८२, सोमबार | January 20, 2026

जेनजी आन्दोलन, ऐतिहासिक आन्दोलन हो, समृद्धिमा केन्द्रित गरौं : नारायणकाजी श्रेष्ठ



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्न आग्रह गरेका छन् ।

जेनजी आन्दोलनलाई ऐतिहासिक आन्दोलनको रुपमा उल्लेख गर्दै उनले सुशासन र भ्रष्टाचारविरुद्ध उठाइएको मुद्दामा समर्थन रहेको बताए । श्रेष्ठले अराजक तत्वहरूको घुसपैठले आन्दोलनलाई नकारात्मक मोड दिएको र राज्यका निकायसहित सार्वजनिक सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको टिप्पणी गरे ।

श्रेष्ठले पाँच बुँदे अपिल गर्दै विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन, लोकतन्त्रलाई परिमार्जन गरेर अगाडि बढाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहित राजनीतिक स्थिरता कायम गर्न, सुशासन र भ्रष्टाचार अन्त्यलाई सुनिश्चित गर्न तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : ४३ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच