१५ माघ २०८२, बिहिबार | January 29, 2026

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न काठमाडौं आइपुगे बहराइनका राजकुमार



काठमाडौं । खाडी मुलुक बहराईनका राजकुमार नेपालका हिमाल आरोहण गर्न काठमाडौं आइपुगेका छन् ।

राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली रहेको विशेष विमान बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । सो बिमान बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको थियो ।

विमानस्थलमा राजकुमारको टोलीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका छन् । उनीहरुलाई काठमाडौं उड्नुअघि बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो ।

राजकुमार नासिरले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु हिमाल आरोहण गर्ने योजना रहेको छ ।

राजकुमारको भीआईपी टोली अबको ६ दिन गोकर्णस्थित रिसोर्टमा क्वारेन्टिनमा बस्ने र त्यसपछि आफ्नो आरोहण सुरु गर्नेछ ।

सुरुमा यो टोली काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट र त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्ने आरोहणको जिम्मा लिएको सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले जनाएका छन् ।

राजकुमार नासिरको आरोहण टोलीमा बहराइन डिफोन्स फोर्सका १५ जना सदस्य र तीन जना बेलायती नाागरिक रहेका छन् ।

लुक्ला लोबुचेको आधार शिविर पदयात्रा सकेपछि यो टोली काठमाडौं फर्केर मनास्लु हिमाल आरोहणका लागि जानेछ । यसका लागि उनीहरुले नेपालमा दुई महिना बिताउनेछन् ।

यसपटकको पदयात्रा आरोहण सफल भएपछि अर्को वर्षको सिजनमा सगरमाथा आरोहण गर्ने राजकुमार नासिरको योजना रहेको छ ।

कोरोना भाइरसको महामारीका कारण नेपालको पर्यटन उद्योग ठप्प भएका बेला विदेशी राष्ट्रको भीआईपी आरोहण टोली आएको छ । यसबाट नेपालको धर्मराउँदो पर्यटन उद्योगलाई वचाइराख्न टेवा पुग्ने नेपाल पर्यटन बोर्डले विश्वास लिएको छ ।

यो टोलीको सफल आरोहणपछि विदेशी पदयात्रा र हिमाल आरोहणमा नेपाल भ्रमण गर्न लालायित विदेशी पर्यटकलाई नेपालको वास्तविक अवस्थाबारे संसारभर प्रचार हुनसक्ने बोर्डले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १२ : १९ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण