३ आश्विन २०८३, शनिबार | September 19, 2026

माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दै



काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहका कारण केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । त्यसपछि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो ।

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ । यस्तो परिस्थितिमा माओवादी केन्द्रको बैठकले पार्टीको आगामी रणनीति, निर्वाचन तयारी र आन्तरिक मतभेद समाधानबारे केन्द्रित हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : २९ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२