८ पुस २०८२, मंगलबार | December 23, 2025

आजको मौसम : देशका पहाडी भू-भागमा बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव देशभर सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा तराईका केही भागमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।

आज राति देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ३० बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर