१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पूर्वी नाकाको यात्रु शाखा सञ्चालनमा



झापा । दसैँलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको पूर्वीनाका काँकडभिट्टाको यात्रु शाखा सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो । यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो ।

प्रमुख मेची भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यात्रु शाखा बन्दपछि व्यापार व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको हुँदा भन्सारले सोमबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । एक हप्ताअघि भन्सारले नेपालमा भएको विषम परिस्थितिका कारण यात्रु शाखा सञ्चालन गर्न नसकिएको सूचना जारी गरेको थियो । यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते मेची भन्सार कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । चाडपर्व नजिकिएका कारण भन्सारले आयातनिर्यातमा सजिलो बनाउने सेवा सुरु गरेको जनाएको छ ।

लुटिएकामध्ये ७५ थान हतियार फिर्ता

जेनजी प्रदर्शनका क्रममा जिल्लाको दुईवटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ । गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक र अनारमनी (विर्तामोड)बाट ९९ थान हतियार लुटिएका थिए । अब २४ थान हतियार फिर्ता हुन बाँकी छ । विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

दमक र झिलझिले इलाकाबाट चार थान एसएलआर, १० थान इन्सास राइफल, १२ थान थ्रीनटथ्री राइफल, तीन थान सट गन, दुई थान ग्यास गन, तीन थान चाइनिज रिभल्भर र एक थान नाइन एमएम रिभल्भर आन्दोलनकारीले फिर्ता गरेका हुन् । त्यसैगरी, विर्तामोड, दुर्गापुर र शनिश्चरे इलाकाबाट सात थान एसएलआर, १६ थान इन्सास राइफल, छ थान थ्रीनटथ्री राइफल, दुई थान सट गन, चार थान ग्यास गन, तीन थान एसएमजी र दुई थान रिभल्भर आन्दोलनकारीले फिर्ता दिएको उनले जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए । अनारमनी इप्रका (विर्तामोड)बाट लुटिएका अधिकांश हतियार आन्दोलनकारीले तत्कालै मानवअधिकारवादीको रोहवरमा नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीलाई फिर्ता गरेका थिए । विर्तामोडबाट लुटिएका हतियारमध्ये अब दुई थानमात्र फिर्ता हुन बाँकी छ । तर दमकका धेरै हतियार फिर्ता हुनसकेको छैन ।

“लुटिएका हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेका छौँ”, सूचना अधिकारी खड्काले भने “अटेर गरेर नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुन्छ ।”

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : १३ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी