१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने माओवादी निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी अध्यक्ष प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले परिस्थितिजन्य आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डलाई संयोजक बनाउँदै विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

पछि प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरिएको छ । पार्टीभित्र एकता मजबुत पार्ने र वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखी यस्तो कदम चालिएको प्रवक्ता सापकोटाले स्पष्ट गरे ।

यस्तै, बैठकले विशेष महाधिवेशनको मिति तय गर्ने प्रस्ताव पनि केन्द्रीय समितिमा लैजाने भएको छ ।

बैठकले फागुन २१ मै निर्वाचन गर्न हुनपर्ने निस्कर्ष निकालेको छ । तोकिएकै मितिमा निर्वाचन गराउनको लागि पार्टीले सरकारसँग माग गर्ने रआवश्यक भूमिका खेल्ने प्रवक्ता सापकोटाले जनाए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : ४४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा