१७ माघ २०८२, शनिबार | January 31, 2026

प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने माओवादी निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी अध्यक्ष प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले परिस्थितिजन्य आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डलाई संयोजक बनाउँदै विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

पछि प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरिएको छ । पार्टीभित्र एकता मजबुत पार्ने र वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखी यस्तो कदम चालिएको प्रवक्ता सापकोटाले स्पष्ट गरे ।

यस्तै, बैठकले विशेष महाधिवेशनको मिति तय गर्ने प्रस्ताव पनि केन्द्रीय समितिमा लैजाने भएको छ ।

बैठकले फागुन २१ मै निर्वाचन गर्न हुनपर्ने निस्कर्ष निकालेको छ । तोकिएकै मितिमा निर्वाचन गराउनको लागि पार्टीले सरकारसँग माग गर्ने रआवश्यक भूमिका खेल्ने प्रवक्ता सापकोटाले जनाए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : ४४ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान