काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो १ बजे भक्तपुरको गुन्डुमा बस्ने तय भएको छ ।
‘जेनजी’ आन्दोलनपछि पहिलोपटक बोलाइएको सचिवालय बैठकमा आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा हालको परिस्थितिमा पार्टीको सक्रियता र आगामी कदमबारे विस्तृत विचार विमर्श हुनेछ ।
गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् । सोही दिन ‘जेनजी’ आन्दोलनका क्रममा बालकोटस्थित ओलीको निवासमा आगजनी हुनुका साथै ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।



















प्रतिक्रिया