२० मंसिर २०८२, शनिबार | December 6, 2025

केपी ओली, रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस

आयोगको अनुमति बिना उपत्यका छोड्न रोक



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का भएको छ ।

भाद्र २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको आयोगले तत्कालीन उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण रोक्न सरकारलाई निर्देशन दिएको हो ।

आयोगले असोज १२ गतेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा छानबिनका लागि आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले उनीहरूको विदेश भ्रमण तत्काल रोक्न गृह मन्त्रालयलाई पत्राचार गर्न भनिएको छ ।   उनीहरुलाई आयोगको अनुमति बिना काठमाडौं उपत्यका छोड्न पनि निषेध गरिएको छ ।

आयोगको विदेश भ्रमण रोक्का सूचीमा परेका व्यक्तिहरुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोविन्दप्रसाद दुबाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन् ।

यस्तै, आयोगले भाद्र २३ र २४ गतेको घटनाबारे छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यलाई सहज बनाउन आवश्यक जानकारी जनसाधारणसम्म पुर्‍याउनका लागि गृह मन्त्रालयलाई जानकारी गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले