२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

जापानलाई पाँच विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो ।

जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका ओपनर आसिफ शेखले आक्रामक प्रदर्शन गर्दै २१ बलमा सात चौकासहित ३८ रनको योगदान दिए । त्यस्तै, गुल्सन झाले २० बलमा २८ रन र कुशल भुर्तेलले २१ रन जोडे ।

जापानका बलरहरूमध्ये शोमा स्लेटरले दुई विकेट लिए, तर टोलीलाई जित दिलाउन असफल रहे ।

यसअघि नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो। लगातार दुई जितसहित समूह विजेता बनेको नेपाल अब सुपर सिक्स चरणमा समूह ‘ए’ र ‘सी’ का शीर्ष टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्स चरणको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : २९ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ