१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरतमै भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनायो ।

नेपालका लागि आसिफले ४७ बलमा ५१ रन बनाउँदै उत्कृष्ट पारी खेले । त्यस्तै, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन र गुल्शन झाले ५ बलमा १४ रनको योगदान दिए ।

सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको नेपालले त्यसपछि रनगति सुस्त हुँदा स्कोरलाई दोब्बर पार्न सकेन ।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १-१ विकेट हात पारे ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : ०२ बजे

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)