१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

कतारमाथि नेपालको रोमाञ्चक जित



काठमाडौं । ओमानमा जारी आईसीसी पुरुष टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा आज भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । त्यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन/तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए ।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : २० बजे

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले