६ श्रावण २०८३, बुधबार | July 23, 2026

विश्वकप छनोट : नेपाल आज ओमानविरुद्ध निर्णायक भिडन्तमा



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानविरुद्ध निर्णायक भिडन्त गर्ने तयारी गरेको छ । सुपर-६ चरणमा लगातार दुई खेलमा जित हात पारेको नेपालले आजको खेलमा विजय हासिल गरे तेस्रोपटक विश्वमञ्चमा प्रवेश गर्नेछ ।

हाल नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जिते नेपालले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । नेपाल र ओमानबीचको खेल बुधबार नेपाली समयअनुसार राति ८:४५ बजेदेखि अल अमेरतमा सुरु हुनेछ ।

ओमानका लागि पनि यो खेल समान रूपमा महत्वपूर्ण छ । ६ अंकसहित शीर्ष स्थानमा रहेको ओमानले नेपाललाई नेट रनरेटमा पछि पार्दै विश्वकप यात्रा पक्का गर्न खोज्दैछ । त्यसैले आजको खेल दुवै टोलीका लागि “जित कि छुट”को अवस्थाको हुनेछ ।

नेपालले यसअघि सुपर-६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनले रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा कतारलाई ५ रनले पराजित गरेको थियो । ओमानपछि नेपालले सुपर-६ चरणको अन्तिम खेल समाओविरुद्ध खेल्ने तालिका छ ।

नेपालले हालसम्म दुईपटक टी-२० विश्वकपमा सहभागिता जनाइसकेको छ । पहिलोपटक सन् २०१४ मा बंगलादेशमा पारस खड्काको कप्तानीमा नेपाली टोली विश्वकपमा उत्रिएको थियो । त्यसपछि दशक लामो अन्तरालपछि, सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी-२० विश्वकपमा नेपालले पुनः प्रतिस्पर्धा गरेको थियो, जसमा टोलीको नेतृत्व कप्तान रोहितकुमार पौडेलले सम्हालेका थिए ।

नेपाल आजको खेलमा जित हासिल गर्दै तेस्रोपटक विश्वकपको ढोका खोलेर ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : २९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क