१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा १० राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् ।

प्रधानमन्त्री कार्की आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलहरूसँग छलफल छलफल गर्न प्रधानमन्त्रीले यो बैठक आह्वान गरेकी हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले दलहरुका प्रतिनिधिबाहेक विद्याधर मल्लिक र केदारभक्त माथेमालाई पर्यवेक्षकको रुपमा सहभागी गराएकी छिन् ।

बैठकमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् । यस्तै, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी छन् भने राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ रहेकाछन् ।

जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी भएकाछन् । यस्तै, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमतका चन्दन सिंह सहभागी छन् ।

 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : ५० बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण