३० असार २०८३, मंगलबार | July 14, 2026

जेनजी आन्दोलन जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको दायर रिटमा कारण देखाउ आदेश जारी



काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको दमन र विध्वंसको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई छलफलका लागि झिकाउने आदेश समेत दिएको हो।

अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमा आयोगका अध्यक्ष कार्की र सदस्य शर्मा जाँचबुझको विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गरेर पूर्वाग्रही व्यवहार देखाएको दाबी गरिएको छ।

रिट निवेदनमा आयोगका पदाधिकारीहरूले न्यायिक मनले निष्पक्ष रूपमा काम गर्नुपर्नेमा उनीहरूले घटनाबारे पहिले नै मत व्यक्त गरिसकेकाले निष्पक्ष छानबिन हुन नसक्ने उल्लेख गरिएको छ।

आयोगका पदाधिकारीहरूलाई अन्तरिम आदेश जारी गरी काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : २२ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट