१५ चैत्र २०८२, आइतबार | March 29, 2026

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ ।

हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समितिको बैठकमा बहस चलिरहेका सन्दर्भमा आज पार्टीका नेता कोइरालासँग भेट गरी चार वर्षे कार्यकालभित्रै १५ औँ महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको हस्ताक्षर सङ्कलनको नेतृत्व गर्दै आउनुभएका नेता गुरुराज घिमिरेले जानकारी दिए ।

भेटघाट र छलफलका क्रममा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको नेता कोइरालाले बताउनुभएको थियो । नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उनले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए ।

नियमित महाधिवेशन नहुने अवस्थामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टीको विधानबमोजिम हस्ताक्षर बुझाउँदा पनि विधान पालना नभए आत्मघाती हुनसक्नेतर्फ पनि नेता कोइरालाको ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : १८ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा