१७ माघ २०८२, शनिबार | January 31, 2026

एकीकृत समाजवादीसँगको यात्रा टुंगियो, नयाँ राजनीतिक यात्राको तयारी : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा आजदेखि अन्त्य भएको घोषणा गरेकी छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले एकीकृत समाजवादी पार्टी विघटनमा गएकाले अब आफ्नो राजनीतिक यात्रा पनि त्यससँगै टुंगिएको बताइन्।

उनका अनुसार, पार्टी गठनको सुरुवाती चरणमा ठूलो उत्साहका साथ अघि बढेको अभियान अहिले समाप्त भइसकेको छ। “एकीकृत समाजवादी निर्माणका प्रारम्भमा हामीले एउटा भव्य र प्रभावशाली अभियान चलाउने विश्वास गरेका थियौं, तर त्यो सम्भावना अब समाप्त भएको छ,” झाँक्रीले भनिन्।

उनले थपिन्, “हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगै टुंगियो। अब हामी नयाँ राजनीतिक दिशाको खोजीमा छौं र उपयुक्त बाटो पहिल्याएर नयाँ यात्रा सुरु गर्ने तयारीमा छौं।”

नेकपा एकीकृत समाजवादीले हालै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको भए पनि रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरूले उक्त निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेमा फर्किने तयारी थालेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : १९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक