१६ असार २०८३, मंगलबार | June 30, 2026

एकीकृत समाजवादीसँगको यात्रा टुंगियो, नयाँ राजनीतिक यात्राको तयारी : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा आजदेखि अन्त्य भएको घोषणा गरेकी छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले एकीकृत समाजवादी पार्टी विघटनमा गएकाले अब आफ्नो राजनीतिक यात्रा पनि त्यससँगै टुंगिएको बताइन्।

उनका अनुसार, पार्टी गठनको सुरुवाती चरणमा ठूलो उत्साहका साथ अघि बढेको अभियान अहिले समाप्त भइसकेको छ। “एकीकृत समाजवादी निर्माणका प्रारम्भमा हामीले एउटा भव्य र प्रभावशाली अभियान चलाउने विश्वास गरेका थियौं, तर त्यो सम्भावना अब समाप्त भएको छ,” झाँक्रीले भनिन्।

उनले थपिन्, “हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगै टुंगियो। अब हामी नयाँ राजनीतिक दिशाको खोजीमा छौं र उपयुक्त बाटो पहिल्याएर नयाँ यात्रा सुरु गर्ने तयारीमा छौं।”

नेकपा एकीकृत समाजवादीले हालै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको भए पनि रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरूले उक्त निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेमा फर्किने तयारी थालेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : १९ बजे

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ