२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

घनश्याम भुसालले गरे एकीकृत समाजवादी पुनर्गठनको घोषणा

एमालेमा नजान नेता कार्यकर्ताहरुलाई आग्रह



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनको घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरी पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् । उनले उक्त भेलाबाटै पार्टीको आगामी यात्रा र दिशा तय हुने बताएका छन्।

उनले अहिले पार्टी एकतामा नजाने नेताहरूले आफ्नै जिम्मेवारीमा क्रियाशील रहनुपर्ने र आगामी भेलासम्म आत्तिन नहुने बताए। “मंसिरको पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्छौं। त्यहीँबाट गम्भीर छलफल गरी हाम्रो बाटो निश्चित गर्नेछौं,” भुसालले भने।

भुसालले पार्टी एकतामा नजानेहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ नफर्कन पनि आग्रह गरे। उनले राजनीतिमा केवल संख्याले मात्र निर्णायक भूमिका नखेल्ने उल्लेख गर्दै भने, “यदि संख्याले मात्र निर्णायक हुने हो भने कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्ने थिएन। अहिले प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपरेको अवस्था आएको छ।”

उनले पार्टी विभाजनका क्रममा संख्या हेरेर कित्ता छुट्याउने प्रवृत्तिको विरोध गर्दै नेता–कार्यकर्तालाई सिद्धान्त र मूल्यमा आधारित राजनीतिक यात्रामा दृढ रहन आह्वान गरे।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०० बजे

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ