७ माघ २०८२, बुधबार | January 21, 2026

श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ



बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु वि.क., हिमाल पुलामी मगर, मान बहादुर बुचा मगर, तिलकराम गैरे, रेशम बगाले, खेम बहादुर थापा, लुकमाया गुरुङ र लेककुमारी आले मगर चयन भएका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा भिम गौतम चयन भएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आईतबार मात्र बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ ।

बुटवलको रंगशालामा सरसफाई कार्यक्रमको आयोजना गरेर पार्टीले जिल्ला र प्रदेश पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक तुलबहादुर दर्लामी मगरले संगठन अब विस्तार गर्दै १२ वटै जिल्लामा कमिटि गठन गर्ने बताए । पार्टीका केन्द्रीय सदस्य भिम गौतमले पार्टीको संगठन विस्तार संगै हरेक हप्ता श्रम गर्ने पार्टीको योजना रहेको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : ४५ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत