१४ असार २०८३, आइतबार | June 28, 2026

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बस्दैछ ।

पुष्पकमल दाहाल प्रचण्ड पार्टीको कार्यकारी बनेपछिको यो पहिलो सचिवालय बैठक हो ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारीको हैसियत दिएको थियो । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो ।

आजको बैठकमा स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ ।

बैठक नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । यसअघिका सबै बैठकहरु प्रधानमन्त्री निवास बालुवाटार एवं पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको थियो ।

पूर्वमाओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकीकरणपछि कुनै पनि बैठक बसेको थिएन ।

भौतिक दूरी कायम गर्दै बैठक बस्न पेरिसडाँडा कार्यालय उपयुक्त देखिएका कारण सोही ठाउँ छनौट गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् ।

सचिवालय बैठकका लागि गत बिहीबार नै पेरिसडाँडाको माथिल्लो तलास्थित बैठक कक्षलाई तयारी अवस्थामा राखिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ५२ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली