३० भदौ २०८३, मंगलबार | September 15, 2026

स्वदेश फर्किए देउवा दम्पती



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ फर्किएका छन् । सिंगापुरमा उपचार सकेर देउवा र आरजु राणा देउवा आज (शुक्रबार राति) काठमाडौँ आइपुगेका हुन्।

उनीहरू थप उपचारका लागि भन्दै कात्तिक १० गते सिंगापुर विमानमार्फत सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती माथि उनीहरुकै निवास बूढानीलकण्ठमा आन्दोलनकारीहरुले कुटपिट गरेका थिए ।

उनीहरुलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महत, तरुण दलका नेतालगायत विमानस्थल पुगेका थिए। यसअघि खादा र मालाले गलाभरिने गरेपनि यसपटक सामान्य एउटा खादाले मात्र देउवा दम्पत्तीको स्वागत गरिएको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागे १२ वटा टाँका लगाएको कांग्रेस नेताहरूले बताएका थिए। पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर उँडेका थिए।

देउवाको निवासबाट रुपैयाँको गड्डी जलेको अवस्थामा फेला परेको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सम्पत्ती सुद्धिकरण कार्यालयले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेपनि देउवा उपचारको लागि विदेश जाने भन्ने जानकारी पाएपछि उनका लागि सरकारले उक्त व्यवस्था फुकुवा गरिदिएको थियो।

आज पनि सिंगापुर विमानमार्फत नै उनीहरु स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : ०६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज