१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी




काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ ।

पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै सचिवालय सदस्यहरु सहभागी छन् ।

पार्टी एकतापूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा नेकपाको बैठकहरु हुने गरेको थिएन । पार्टीका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्री निवास बालुवाटार र केन्द्रीय कार्यालय धुम्बाराहीमा भैरहेको अवस्थामा पहिलोपटक पेरिसडाँडामा बैठक बसेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी भैसकेपछि पेरिसडाँडामा बैठक बस्नुलाई कतिपय राजनीतिक पण्डितहरुले अर्थपूर्ण रुपमा विश्लेषण गरेका छन् ।

यद्यपी नेकपा महासचिव विष्णु पौडेलले भने कोरोना संकटको बीचमा बैठक बस्दा सामाजिक दूरी कायम गरी बस्नुपर्ने भएको र पेरिसडाँडामा यो सुविधा रहेको बताएका थिए । पौडेलले पेरिसडाँडा नेकपाको आफ्नै कार्यालय भएका कारण आवश्यकता पर्दा जहाँ पनि बैठक हुनसक्ने बताएका थिए ।

बैठक अहिले पनि जारी छ । बैठकमा गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णयहरुलाई कार्यान्वयनको विषयमा मुख्य छलफल हुँदैछ । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताको बाँकी कार्यभार पुरा गर्ने विषय, रिक्त संवैधानिक निकायमा पदपूर्ति लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

यसैबीच बैठकस्थलमा प्रवेश गर्न खोज्ने बालिका खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै लामोसमयदेखि विवादमा रहेकी खड्का जवरजस्ती कार्यालय प्रवेश गर्न खोजेपछि पक्राउ परेकी हुन् ।

उनले केही दिनअघि मात्रै राईसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै पहिला अदालतमा दायर गरेको अंशमुद्दा फिर्ता लिएकी थिइन ।



प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : १८ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली