१७ माघ २०८२, शनिबार | January 31, 2026

तीन महिनामै ५ खर्ब ५३ अर्ब रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब बढी भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशबाट नेपाल आएको रेमिट्यान्स रकम ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढी हो।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.९ प्रतिशतले मात्र बढेको थियो। चालु वर्षको असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जसले विगतको असोजमा आएको १ खर्ब ४४ अर्ब १७ करोड रकमलाई उल्लेखनीय रूपमा उछिनेको छ।

उता, समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले मात्र बढेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ। चालु आर्थिक वर्षको तीन महिनामा १ लाख २३ हजार ४५९ जनाले नयाँ (संस्थागत तथा व्यक्तिगत) श्रम स्वीकृति लिएका छन् भने ७७ हजार २ सय ५७ जनाले पुनः श्रम स्वीकृति प्राप्त गरेका छन्। गत वर्षको सोही अवधिमा यो संख्या क्रमशः १ लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३८ थियो।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : १६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक