३ चैत्र २०८२, मंगलबार | March 18, 2026

तीन महिनामै ५ खर्ब ५३ अर्ब रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब बढी भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशबाट नेपाल आएको रेमिट्यान्स रकम ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढी हो।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.९ प्रतिशतले मात्र बढेको थियो। चालु वर्षको असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जसले विगतको असोजमा आएको १ खर्ब ४४ अर्ब १७ करोड रकमलाई उल्लेखनीय रूपमा उछिनेको छ।

उता, समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले मात्र बढेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ। चालु आर्थिक वर्षको तीन महिनामा १ लाख २३ हजार ४५९ जनाले नयाँ (संस्थागत तथा व्यक्तिगत) श्रम स्वीकृति लिएका छन् भने ७७ हजार २ सय ५७ जनाले पुनः श्रम स्वीकृति प्राप्त गरेका छन्। गत वर्षको सोही अवधिमा यो संख्या क्रमशः १ लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३८ थियो।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : १६ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड