१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रुपन्देही व्यापार संघका उम्मेदवारी दर्ता, केही पदाधिकारीमा एकल उम्मेदवारी



बुटवल । रुपन्देही व्यापार संघको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन अन्तरगत आगामी नेतृत्व चयनका लागि मिश्रित उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यत्रम अन्तरगत सोमवार उम्मेदवारी दर्ता समय तालिका अनुसार केहि पदमा दोहोरो उम्मेदवारी परेको छ भने केहि पदहरुमा एकल उम्मेदवारी परेको हो ।

जस अनुसार अध्यक्षमा प्रकाश ढकाल र दयानीधि भण्डारीको उम्मेदवारी दर्ता भएको छ । वरिष्ठ उपाध्यक्षमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डे, द्वितिय उपाध्यक्षमा मनिराम खनाल (मणी) र मनहरि वस्याल, सचिवमा मेघनाथ पौडेल र जयलाल न्यौपाने, सहसचिवमा माधवप्रसाद ज्ञवाली र नलराज नेपालको उम्मेदवारी परेको छ ।

यसैगरि प्रथम उपाध्यक्षमा ऋषिराम पाण्डे, महासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई, सचिव महिलामा बृन्दा भट्टराई आचार्य, सहकोषाध्यक्षमा जिवनारायण घिमिरेको एकल उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक लेखनाथ ढकालले जानकारी दिए ।

यसैगरि २ जना महिला सदस्यमा शोभाकुमारी जोशी क्षेत्री र इश्वरा देवकोटा (इशु) मात्र उम्मेदवारी परेको छ । फर्साटिकर शाखा सदस्यमा तिलक आचार्य, सालझण्डी शाखामा कुलबहादुर विसी, सेमलार शाखामा देवी शर्मा चपाई र सम्बद्ध शाखा सदस्यमा हरि बहादुर सुनारको मात्र उम्मेदवारी पर्दा भएको छ ।

कार्य समितिको खुल्ला १६ सदस्य पदका लागि १८ जनाको उम्मेवारी दर्ता भएको छ । जसमा पिताम्बर अर्याल, तेजेन्द्र सापकोटा, घनश्याम भुसाल, गोकुल ज्ञवाली, टेकराज पन्थी (पन्थी टेर्डस), गोविन्दप्रसाद चापागाई, टेकराज पन्थी (सिदार्थ डिजिटल), विजय ज्ञवाली, जिवन काफ्ले, लक्ष्मी भट्टराई, सरोजकुमार गहतराज, अशोक ज्ञवाली, नारायण वस्याल, पारसमणि पोखरेल, मिनप्रसाद नेपाल, मुरारीराज भण्डारी, केदार नेपाल, सरोज ज्ञवाली रहेका छन ।

मंगलबार साझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गने निर्वाचन कार्य तालिका अनुसार आगमी मंसिर ५ गते मतदानको समय रहेको छ । संघमा कुल २५ सय ७८ मतदाता संख्या रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ३९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले