२० मंसिर २०८२, शनिबार | December 7, 2025

नारायणी पुलमा आज र भोलि राति सवारी आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुल आज (शुक्रबार) र भोलि (शनिबार) राति सवारी आवागमनका लागि बन्द हुने भएको छ ।

नारायणगढ-बुटवल सडक आयोजनाले जारी गरेको सूचनामा चितवन र नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको लेनमा कालोपत्रे (ब्ल्याकटप) कार्य गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको उल्लेख छ ।

आयोजनाका अनुसार दुवै दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिनेछ । निर्धारित समयावधिमा यात्रु तथा चालकहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक परे तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरिएको छ ।

आयोजनाले पुलको मर्मत तथा स्तरोन्नति कार्य प्रभावकारी रूपमा सम्पन्न गराउने उद्देश्यले सवारी आवागमन रोकिएको बताएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ५१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल