२२ असार २०८३, सोमबार | July 6, 2026

मेयर र उपमेयर अघिअघि, संरचना भत्काउँदै डोजर पछिपछि



नेपालगन्ज । पटक पटकको सूचनालाई स्थानीयले अटेर गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन डोजर परिचलन गरेको छ । प्रारम्भिक चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्मको अवैध संरचना हटाउन डोजर परिचालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई दुबैजनाको उपस्थितीमा अतिक्रमित संरचना हटाउन डोजर चालाइएको छ । पटक(पटक सार्वजनिक सूचना जारी गरेर सचेत गराउँदा समेत स्थानीयले अवैध संरचना नहटाइएपछि डोजर लगाएर संरचना हटाउन थालिएको नगरप्रमुख विष्टले बताए ।

विष्टले नगरको मुख्य सडक सुर्खेतरोडको पश्चिमतर्फ नालादेखि ७ फिट फुटपाथ ‘क्लियर’ गरी ग्रीनरी र अपांगमैत्री सडक निर्माण गर्ने योजना रहेको सुनाए ।

नगर प्रमुख विष्टले यसपछि क्रमशः धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मको फुटपाथ क्षेत्र पनि ‘क्लियर’ गरिने स्पष्ट पारे ।

ग्रीनरी र अपांगमैत्री सडक निर्माणका लागि ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता समेत भइसकेको नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए । उपमहानगरले नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ ।

उता उपमहानगरको कदमलाई नेपालगन्जका वरिष्ठ पत्रकार पुर्णलाल चुकेले वर्षैपिच्छे नयाँ नियम बनाएर व्यक्तिगत सम्पत्ति माथि बिना मुआब्जा कब्जा गर्न पाइने कुन नियममा छ ? भन्दै प्रश्न उठाएका छन् । उनले वर्षौदेखि सडक छेउको नालामा रहेको धक्कन समेत व्यवस्थित गर्न नसकेर सडकमै एम्बुस थापेको जस्तोबनाएको उपमहानगर र सडक विभागले फुटपाथको लागि भनेर नालीको भित्री किनारबाट ७ फुट छोड्ने उर्दी जारी गरेको समेत टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : २२ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज