१० श्रावण २०८३, आइतबार | July 26, 2026

माछा मार्न सीमाक्षेत्रमा गएका चार नेपाली भारतीयको नियन्त्रणमा, मागे फिरौती



कञ्चनपुर । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चारजनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन ।

गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५/२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए ।

बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सातजनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ । उनले भने, “भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौँ ।”

यसैगरी पुनर्वास नगरपालिका–८ मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका ३५ वर्षीय डम्बरे सुनारलाईे हिजो साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ ।

डम्बरेका बुवा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६/७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएका छन । रासस

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १० : ४१ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले