१४ असार २०८३, आइतबार | June 28, 2026

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा रहेको रिक्त पदहरुमा यथाशीघ्र पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

आइतबारदेखि जारी सचिवालयको मंगलबार बसेको बैठकले विभिन्न संवैधानिक निकायका कैयौं पदहरु पूर्तिगर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । संवैधानिक परिषद्को बैठकमार्फत पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेको श्रेष्ठले बताए।

बैठकमा आइतबार छलफल भएको मन्त्रिपरिषद् पुनर्गठनबारे भने आज छलफल नै भएन । प्रवक्ता श्रेष्ठले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनका बारेमा अस्ति भएको बाहेक थप छलफल भएको छैन’ ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्ने विषयमा छलफल गरेको छ । सांगठनिक एकताबारे प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : ४२ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक