११ असार २०८३, बिहिबार | June 26, 2026

आजबाट खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोफिचर)



खजुरा । बाँकेको खजुरामा आजबाट आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । खजुरा ४ स्थित मिनी रङ्गशालामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले उदघाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विकले खजुरालाई खेलकुदको उर्वरभुमि बनाउन लागेको बताए । उनले खेलकुदले सबैलाई जोड्ने र चिनाउने कार्य गरेकाले यसमा थप लगानी बढाइएको जनाउँदै रनिङ शिल्ड मार्फत खजुरालाई चिनाउन सकिने उल्लेख गरे । रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक समेत रहेका विकले खजुराले अब्बल खेलाडीहरु उत्पादन गरिरहेको दाबी गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दील कुमार तामाङले खेल खेल्दा स्वास्थ्य मात्र नभई सहकार्यको भावना, प्रतिस्पर्धाको क्षमता र लगनशिलताको बृद्धि हुने बताए । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले खेलकुद नै खजुराको पहिचान बनेको बताउँदै पछिल्ला दिनमा खेल गतिविधि गर्वगर्न लाएक रहेको बताइन् ।

खजुरा गाउँपालिकाको खेलकुद विकास परिषदको आयोजना तथा ज्ञानोदय नमुना माविको व्यवस्थापन तथा सन्चालनमा चार दिन सम्म चल्ने मेयर रनिङ शिल्डको उद्घाटनका अवसरमा विद्यालयकै तर्फबाट जाती जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुनेगरि नृत्य, झाँकी तथा आकर्षक पिटिको प्रदर्शन गरिएको थियो । मार्चपासमा खजुराका अधिकांस विद्यालयहरुले सहभागिता जनाएको खेल व्यवस्थापन गरिरहेको ज्ञमनोदय नमुना माबीका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए । सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता संचालन गरिएको जनाए ।

प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्‌डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भैरहेको सचिवालय संम्योजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तह‌मा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए ।

शुक्रबार विहानै देखि खेलहरु सन्चालन गरिएको थियो । दिनको १ बजे उद्घाटन समारोह अघि भलिबल पुरुष तर्फका खेलहरु, कपड्डी महिला, एथलेटिक्स तर्फ दौडका हिट्स सम्पन्न भएको फिल्ड मार्सल भण्डारीले जनाए । यस्तै भलिबल तर्फ भएको पहिलो खेलमा नेरामावि मनकामनापुरलाई सोझो सेटमा हराउदै जनता मावि विजयी भएको छ । यस्तै, धुव्रतारा विद्या मन्दिर लाई हराउदै पशुपति मावि घियाले विजयी बन्यो । मैटहवा मावि र जनसेवा मावि विच भएको भलिबल खेलमा मैटहवा विजयी बनेकोमा मैटहवा मावि र जेनिथ माविको प्रतिश्पर्दा हुदाँ जेनिथ विजयी भयो ।

उता जनकल्याण मावि शान्तिनगर संगको खेलमा अमर मावि विजयी भयो । योगिनी मावि र सनलाईट ई.मि. बीच सन्चालन भएको खेलमा योगिनी विजयी बन्यो । भानु मावि र इन्ट्रिग्रेटेड एकेडेमी र भानु मावि विचमा भएको खेलमा इन्ट्रिग्रेटेड विजयी बनेको थियो भने लगतै अरुणोदय मावि संग भएको प्रतिश्पर्धामा अरुणोदय विजयी भयो । गुराँस चाईल्डहुड एकेडेमीले जन कल्याण मावि बद्रिपुरलाई हरायो र भविबल खेलमै ज्ञानोदय नमुना माविलाई हराउदै आदर्श मावि विजयी बनेको प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

शनिबार हुने केहि खेलहरु फाइनल हुदैजाने खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले जानकारी दिए । उद्घाटन कार्यक्रममा शिक्षा खेलकुद संग सम्बद्ध अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ०३ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा