२९ मंसिर २०८२, सोमबार | December 16, 2025

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा



खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधनहरूलाई इलाका प्रहरी कार्यालय धनौली खजुराले नियन्त्रणमा लिएको छ ।

खजुरा गाउँपालिका–५, ६ र ८ का विभिन्न स्थानका सरकारी सार्वजनिक ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उत्खनन्मा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएको हो ।

ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एउटा जेसीबी, एउटा टिपर र ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको धनौली प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सबै सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाउँपालिकाले नियम विपरीत उत्खनन् तथा ढुवानी गरेका सबै सवारी साधनलाई जरिवाना तिराएर छोडेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : २४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको