२६ माघ २०८२, सोमबार | February 9, 2026

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ



काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना-४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका-५ घर भई हाल काठमाडौं-१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं-१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “काठमाडौं कुलेश्वरमा लागुऔषध बिक्रीवितरण भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई हाम्रो टोलीले पक्राउ गरेको हो ।” पक्राउ परेका परियारसहितलाई प्रारम्भिक अनुसन्धान गर्दा भारतको रक्सौल हुँदै काठमाडौंसम्म लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गर्दै आएका पाइएको जनाउँदै उनले यस कार्यको योजनाकार भारतीय नागरिक यादव रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट डायजेपाम इन्जेक्सन दुई हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन दुई हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन दुई हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (५० मिलिग्राम) दुई हजार ७०० थान तथा मोबाइल फोन १० थान बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : २३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको