काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै प्रदेशमा मतदानस्थल तथा केन्द्र तोकेको छ। सबै प्रदेशका प्रदेश राजधानीमा मतदानस्थल हुनेगरी आयोगले बुधबार मतदान केन्द्र तोकेको हो।
कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, बिराटनगर पुगेर मतदान गर्नुपर्नेछ भने मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार गण्डकी प्रदेशका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय पोखरा जानु पर्नेछ। लुम्बिनीमा कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढीलाई मतदान केन्द्र तोकिएका छन्।
राष्ट्रियसभा निर्वाचनमा क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्ने व्यवस्था मिलाईएको आयोगले जनाएको छ । त्यसैगरि ख केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका मेयर, उपमेयरले मतदान गर्ने आयोगले जानकारी दिएको छ ।
आगामी माघ ११ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तय भएको छ।



















प्रतिक्रिया