२६ माघ २०८२, सोमबार | February 9, 2026

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै प्रदेशमा मतदानस्थल तथा केन्द्र तोकेको छ। सबै प्रदेशका प्रदेश राजधानीमा मतदानस्थल हुनेगरी आयोगले बुधबार मतदान केन्द्र तोकेको हो।

कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, बिराटनगर पुगेर मतदान गर्नुपर्नेछ भने मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार गण्डकी प्रदेशका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय पोखरा जानु पर्नेछ। लुम्बिनीमा कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढीलाई मतदान केन्द्र तोकिएका छन्।

राष्ट्रियसभा निर्वाचनमा क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्ने व्यवस्था मिलाईएको आयोगले जनाएको छ । त्यसैगरि ख केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका मेयर, उपमेयरले मतदान गर्ने आयोगले जानकारी दिएको छ ।

आगामी माघ ११ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तय भएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ४० बजे

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको