काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो ।
बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत सोमबार सुनले हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ छोएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँ बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । पछिल्ला दुई दिनयता चाँदीले लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।



















प्रतिक्रिया